|  

सुनसरीमा इदमा मुस्लिम बस्तीमा आगलागी, २६ घर टहरा जले

१९ चैत्र, काठमाडौं । सुनसरीमा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ ।

सोमबार दिउँसो हरिनगर गाउँपालिका–५  मलदैया टोलमा आगलगी हुँदा ९ परिवारले प्रयोग गर्दै आएको २६ वटा घर टहरा जलेका हुन् । यो टोलमा मुस्लिम समुदायको बसोबास छ ।

इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘इद उल फित्र’ दिन आगलागी भएको थियो ।

प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो साढे ४ बजे नियन्त्रणमा आएको थियो । आगलागीमा परी ३१ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।