१९ चैत्र, काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ हजार ८ सय रूपैयाँले घटेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७९ हजार ७ सय रूपैयाँ कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य भने स्थिर छ । सोमबार प्रतितोला दुई हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।