|  

राजदूत शर्मा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

१९ चैत्र, काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सोमबार लखनउमा भेटवार्ता भएको हो । उनीहरूबीच नेपाल-भारत सम्बन्धका बहुआयामिक पाटोहरूमा केन्द्रित रहेर कुराकानी भएको स्रोतले जनाएको छ ।

गोरखपुरमा गोर्खा संग्रहालय सुरू गरेकोमा आफूले खुसी व्यक्त गरेको र धन्यवाद पनि दिएको राजदूत शर्माको भनाइ छ।