|  

राप्रपाका वरिष्ठ नेता दीपक बोहराको निधन

१९ चैत्र, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद दीपक बोहोराको निधन भएको छ ।

लामो समयदेखि अस्वस्थ उनको काठमाडौंको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको हो । रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी उनी पूर्वमन्त्री समेत हुन् ।

उनले ०७९ को निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।