मंगलवार ३ बैशाख, २०८२  | Tuesday 15 April, 2025 

रविलाई सभामुखले भनेः निलम्बन फुकुवा गर्न सक्दिनँ

१९ चैत्र, काठमाडौं ।  सभामुख देवराज घिमिरेले आफूले रास्वपाका सभापति रवि लामिछानेको निलम्बन फुकुवा गर्न नसक्ने बताएका छन् ।

मंगलबार आफूलाई भेट्न पुगेका लामिछानेसहित रास्वपाका नेताहरूलाई घिमिरेले निलम्बन आफूले नगरेको स्पष्ट पारेका हुन्।

‘तपाईंको सांसद पद सभामुखले निलम्बित गरेको अवस्था होइन । कानुनः त तपाईंको पद निलम्बित भएको हो,’ उनले भने, ‘त्यसकारण मैले निलम्बन फुकुवा गर्न सक्दिनँ भन्ने कुरा बुझिदिनुपर्‍यो ।’

लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् । संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए ।