|  

दीपक बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति भयाेः लिङदेन

१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वरिष्ठ नेता दीपक बोहोराको निधनले राप्रपा र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति भएको बताएका छन ।

राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको बताउँदै उनले यस्तो भनेका हुन् । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दीपक दाइ, हामी सदैव सम्झनेछौँ ।’