१९ चैत, काठमाडाैं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन्।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो बताएका हुन्। सधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने उनको भनाइ छ । सरकारले आशाका किरणहरु दिन नसकेको उनको आशय थियो । उनले संसदको हिउँदे अधिवेशन कानून निर्माणमा केही सदसम्म सफल भएको समेत बताए । उनले संसद अवरुद्ध पारेर बन्धक बनाउने परिपाटी केही हदसम्म कम भएको बताए ।
उनले आफू हिन्दु धर्म मान्ने भएपनि सबैलाई अट्ने र सबैलाई समेट्ने राज्य बनाउन जरुरी रहेको समेत बताए । उनले भने,‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ । अहिले सरकार जुन गतिमा गएको छ त्यसमा सबैको चित्त बुझेको छैन । अब गेयर परिवर्तन गर्नुपर्यो । जुन गेयर छ त्योभन्दा माथि गेयरमा जानुप¥यो। म आफू पनि हिन्दु धर्म मान्छु । सबै अट्ने नेपाल बनाउनुपर्छ, सबैलाई समेट्ने नेपाल बनाउनुपर्छ । म त्यो पक्षमा छु ।’
उनले राजावादी समूह सक्रिय भएको उल्लेख गर्दै कोही आवेगमा आउँदैमा सबैले त्यसैगरी अगाडि बढ्न नहुने बताए ।