|  

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम

१९ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकी छन् । 

आज संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन् । उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताइन् ।

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाई छ । उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताइन् । उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन् ।

सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताइन ।