१९ चैत, काठमाडाैं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।
आज संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले जारी गरेका अध्यादेशहरु पास भएपनि मुल विधेयकको रुपमा आउनुपर्ने कानूनहरु यथावत रहेको बताए । उनले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरु जस्ता महत्वपूर्ण कानूनहरु यथावत रहेको कारण कानून निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ ।
उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भिर हुनुपर्ने बताए ।