१९ चैत, काठमाडाैं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।
सोमवारको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हाे । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले यसबारे जानकारी दिए । त्यस्तै, सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा कृषिअर्थ विज्ञ डा. राजेन्द्र मिश्रलाई नियुक्त गरेको छ ।