सोमवार २५ चैत्र, २०८१  | Monday 7 April, 2025 

रवीन्द्रसहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद थप

२० चैत, काठमाडौं। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रसहित ४१ जनालाई थुनामा राखेर अनुसन्धान गर्न दोस्रोपटक म्याद दिएको छ ।

चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा मिश्रसहित राप्रपाका महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको थियो ।पहिलोपटक ५ दिनको अनुमति दिएको जिल्ला अदालतले  आज दोस्रोपटक ६ दिनको म्याद दिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।