आइतवार २४ चैत्र, २०८१  | Sunday 6 April, 2025 

सुन प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ !

२१  चैत्र, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १२ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च हो । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।