विपिन देव । २१ चैत, काठमाडौं । मार्च २६ मा बंगलादेश आफ्नो विजय दिवस मनाउँदै आएको थियो । विजय दिवस भन्नाले स्वतन्त्रता दिवस बुझिन्छ । तर सन् २०२५ मार्च २६ मा यस्तो देखिएन । विद्यार्थी आन्दोलनको राप र तापले सत्तारोशण गरेका नोबेल पुरस्कार विजेता इतिहासको विरासतलाई पूँजीकृत गर्न चाहेनन् । अर्थात् बंगलादेशको स्वतन्त्रता आन्दोलन इश्लामिकरणको विरोधमा थियो ।
सांस्कृतिक जागरण, धर्मनिरेपक्षता, समतामुलुक समाज र प्रजातान्त्रिकरणको आधार स्तम्भमा सन् १९७१ मा भएको बंगलादेशको स्वतन्त्रता संग्रामको उद्घोष भएको थियो । विजय दिवसको दिन नै २६ मार्चका दिन बंगलादेशका मुखिया युनुस चार दिने चीन यात्रा ट्रम्प सून्य दशमलब दुईको आगमनका साथै युनुस सरकारको अवस्था डगमगिएको देखिन्छ । ट्रम्प आफ्नो चूनावी अभियानताका नै आफ्नो हुकार र डंकारबाट युनुस सरकारलाई तर्साएका थिए । हिन्दु अल्पंख्यक प्रति भइरहेको अत्याचार प्रति ट्रम्प र ट्रम्प सरकारका सूचना प्रमुख तुलसी ग्यालवर्ड युनुस सरकार प्रति आक्रोसित देखिएको छ । भारतले अगष्ट छ मा शेख हसिनालाई भारतमा शरण दिनु र अमेरिकी सरकार विमुख हुनु जस्ता घटनाका कारणले गर्दा युनुस आफ्नो पहिलो भम्रणको रूपमा चीनलाई रोजेको देखिन्छ । चीनिया सरकारले युनुसलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । टिस्टा नदी सम्बन्धी सम्झौता, व्याज कम गर्ने बाचा र स्वास्थ्य सम्बन्धि केही सम्झौताहरू भएता पनि जानकारहरूको यसलाई कूटनीतिक कर्मकाण्डको रूपमा व्याख्या गर्दछन् । अर्को शब्दमा भन्ने हो भने युनुुस सरकारको वैद्यता र भविष्य प्रति चीन सजग रहेको देखिन्छ । युनुसको पहिलो रणनीति नै चुनावलाई टार्नु हो । जनताको अभिमतबाट ८४ वार्षिय युनुस संगठनको अभावमा चुनावी प्रक्रियाद्वारा सत्तारोहन हुने छाटकाट देखिदैन । यस्तो प्रतिकुल अवस्थामा वंगलादेशमा एक नयॉ भाष्य निर्माण गर्न युनुस रणनीतिका साथ अगाडी बढेको देखिन्छ । सन् १९७१ को इतिहासलाई विस्मृती गराउन र रणनीतिका साथ अगाडी बढेको देखिन्छ ।
अमेरिका र चीनको सहयोग हुंदा हुंदै पनि पाकिस्तानका ९३ हजार सैनिकले भारतीय सैनिक समक्ष सर्मपण गरेका थिए । बंगलादेश जन्म हुनु एक इतिहासको अनुपम दृष्टान्त रहेको थियो । युनुस सरकारले वंगलादेशको स्वतन्त्रता संग्रामलाई गौरवशाली ढङ्गले प्रस्तुत गरेको खण्डमा वांगवन्धु (शेख मजदुर रहमान, शेख हसिानाका पिता) र भारत दुईवटा महत्वपूर्ण पक्ष हुन जान्छ । नयॉ राष्ट्रवाद भाष्य निर्माण गर्न युनुसले यी दुर्य पक्षलाई इतिहासको वन्दी बनाउन चाहन्छ । यस अर्थमा चीनसंगको सम्वन्धलाई उनले अधिक महत्व दिएको देखिन्छ । चीनिया व्यापारिक घरानाहरूलाई सम्वोधन गर्दा उनले भारतका सात उत्तर पूर्वका राज्यहरूलार्य भुपरिवेष्ठित भन्दै समुद्रिक क्षेत्रको पूर्ण स्वामित्व बंगलादशेको रहेको कुरा उनले उद्घोष गरेका छन् । भारतका सञ्चार गृह र थिंक टङ्याकहरूले युनुसको अभिव्यक्तिलाई निन्दा गर्दै चीनमा भारतीय विरोधी कार्ड नखेल्न समेत आग्रह गरेका छन् ।
युनुसको शासन कालमा वंगलादेशमा २४०० हिसांत्मक घटनाहरू अल्पसंख्यक हिन्दुहरू माथि भएको भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले भारतीय सदनमा जानकारी गराएका छन् । अमेरिकी सूचना प्रमुख तुलसी गाल लवर्टले हिन्दु मन्दिरहरू माथि हमला भएको घटना प्रति युनुस सरकारलाई खबदारी समेतन गरेकी छिन् । विगत १६ वर्षमा भारत वंगलादेशको लागि ट्रान्जिट प्वाइट बन्दै आएको छ । विगत ४ वर्षमा नै भारतले ८ विलियन अमेरिकी डलर वंगलादेशमा लगानी गरेको देखिन्छ । अगरतला र अगांटा रेल मार्गदेखि वन्दरग्राहसम्म, थर्मल प्लान्टदेखि विद्युत्तिय पूर्वाधारसम्मको लगानीले गर्दा वंगलादेश दक्षिण एसीयाको अब्वल अर्थतन्त्रको रूपमा अघि बढिरहेको थियो । दक्षिण एसीयामा चीनको प्रवाह बलियो देखिएता पनि चीनले लगानी गरेका मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको छ ।
पाकिस्तानमा र श्रीलङकामा भएको लगानी यसका प्रतिनिधि उदाहरणहरू हुन् । बंगलादेशको भौगौलिक बनौट र सांस्कृतिक समरुपताले गर्दा वंगलादेशको विकासको लागि भारतसंगको सम्वन्ध महत्वूर्ण रहेको छ । वंगलादेश पूर्ण रूपमा इश्लामिकरण भएको खण्डमा वा सैनिक शासनको चंगुलमा फसेको खण्डमा प्रजातन्त्र र विकास ओझेलमा पर्न सक्दछ । यस अर्थमा बंलागी संस्कृतीको बैभवलाई प्रत्याभूत गर्न बंगलादेशले चूनावी प्रक्रियाद्वारा प्रजातान्त्रिक यात्रा सुरु गर्नु पर्दछ । चीनमा दिएको अभिव्यक्तिले गर्दा विमस्टेक सम्मेलनमा मोदी र युनुस विच भेटवार्ताको आकलन गर्न सकिएको छैन । वर्तमान भू-राजनीतिलाई उदबेलित बनाचउन भू-अर्थनीतिले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । यस अर्थमा वंगलादेशले आफ्नो आर्थिक विकासको यात्रालाई अर्जुन दृष्ट्रि बनाउनु पर्दछ ।