२२ चैत, काठमाडौं । जारी आइपिएल अन्तर्गत आज एक खेल हुदैछ ।
आज लखनउ सुपर जाइन्ट र मुम्बई इण्डियन्सबीच खेल हुदैछ । लखनउमा हुने यो खेल साँझ ७ः४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा ३-३ खेल खेलेका लखनउ र मुम्बईले एक एक खेल जितेका छन भने २-२ खेलमा हार बेहोरेका छन् । मुम्बईले पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा गुजरातसँग पराजित भएको थियो ।
त्यस्तै तेस्रो खेलमा मुम्बईले कोलकोतालाई पराजित गरेको थियो । त्यसैगरी पहिलो खेलमा दिल्लीसँग हारेको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो ।