२२ चैत्र, काठमाडौं । आन्दोलनरत शिक्षक महासंघको प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह सहितको टोलीले छलफल गर्ने भएको छ ।
शुक्रबार दिउँसो ३ बजेका लागि सिंहको कार्यकक्षमा महासंघका पदाधिकारीलाई बोलाइएको छ। बिहीबार पनि कार्यवाहक प्रधानमन्त्रीको अध्यक्षतामा सरकारी सरोकारवाला पक्षबीच छलफल भएको थियो ।
त्यसलगत्तै सरकारी टोलीले महासंघलाई बोलाएको हो । शुक्रबार हुने छलफलमा गृहमन्त्री, मुख्य सचेतक, प्रमुख सचेतक पनि सहभागी हुने बताइएको छ ।शिक्षकहरूले २० चैतदेखि उनीहरूले काठमाडौमा प्रदर्शन गरिरहेका छन् ।