२२ चैत्र, काठमाडौं । अमेरिकामा एक छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । यस गोलीबारीको घटनामा युवकको आमा र अन्य एक महिलाको मृत्यु भएको छ ।
अन्य दुई जना घाइते भएको बताइएको छ । प्रहरीका अनुसार २९ वर्षीय एक पुरुष जेम्स डेभिस तृतीयले आफ्नी आमाको गोली हानेर हत्या गरे । घटनाको समयमा ४७ वर्षीय क्रिष्टिन स्मिथले कार चलाइरहेकी थिइन् । कारबाट निस्केर युवकले सडकमा गुडिरहेका अन्य सवारी साधन माथि जथाभाबी गोली हान्न थाले ।
यस क्रममा सोही सडक भएर कार चलाउँदै गइरहेकी ५३ वर्षकी क्याथरिन विलियम्सलाई पनि गोली लाग्यो । अस्पताल पुराउँदासम्म विलियम्सको मृत्यु भइसकेको थियो ।
युवकले हानेको गोली लागेर छुट्टा छुट्टै सवारी साधन चलाइरहेका एक जना १९ वर्षिक युवक र ३५ वर्षीय पुरुष घाइते भएको प्रहरीले बताएको छ ।यसपछि डेभिसले आफैँमाथि गोली हाने । डेभिसको मृत्यु भएको बताइएको छ । प्रहरीले यस घटनाबारे छानबिन गरिरहेको छ ।