२२ चैत्र, काठमाडौं । दुर्गा प्रसाईंले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । उपत्यका प्रहरी कार्यालयले उक्त गाडी इटहरीमा फेला परेको हो ।
उपत्यका प्रहरी कार्यालय स्रोतका अनुसार इटहरीबाट उक्त गाडी काठमाडौं ल्याइएको छ । बा४२०८ नम्बरको स्कारपियो काठमाडौं ल्याइएको हो । प्रहरी अधिकारीले भने प्रसाईं भागेर भारत पुगेको दाबी गरेका छन् ।
चैत १५ मा राजावादीले गरेको प्रदर्शनका जनकमान्डर प्रसाईं थिए । उनकै कमान्डमा रहेको प्रदर्शन अराजक बन्दा २ जनाको ज्यान गएको थियो । त्यस्तै, विभिन्न ठाउँमा लुटपाट मच्चिएको थियो ।