२२ चैत्र, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सरकारसँग चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकारबारे जानकारी मागेका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रमेश लेखकसँग उनले यस घटनामा सरकार पनि जिम्मेवार हुनुपर्ने बताए ।
‘तीनकुने नै किन ठाउँ दिइयो ? मुख्य योजनाकार को हो ? कसले जिम्मेवारी लिने ? राजावादी भनेर सबैलाई लगाएर हुँदैन,’ पाण्डले प्रश्न गरे ।