|  

उद्योगीहरुबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नु प¥योः कुलमान

२२ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत महसुल उठाउन खोज्दा आफूमाथि ६ पटक स्पष्टीकरण सोधिएको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै घिसिङले आफूलाई हजारौं कागजात मागेर हतोत्साही बनाउने काम भएको बताए । महसुल उठाउन खोज्दा माथिल्लो निकायबाट अवरोध भएको उनको भनाइ छ । उद्योगीहरुबाट बिजुलीको बक्यौता उठाउन खोज्दा आफू पदबाट हट्नु परेको उनको दाबी छ ।