२२ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद बुद्धिमान तामाङले राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद तामाङले राजतन्त्रलाई ‘भूत’भन्ने गरिएकोप्रति आपत्तिसमेत जनाए ।
‘राजालाई किन भूत देख्नुहुन्छ ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो । दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गतल कुरा हो, हुन सक्दैन,’ सांसद तामाङले भने, ‘२०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो ।’
सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए । ‘गोली कति चल्यो ? वरिष्ठ उपाध्यक्ष र महमन्त्रीलगायत थुनामा छन् । माननीयजस्तो मान्छेलाई हतकडी लगाएर लैजान मिल्छ ? रवीन्द्र मिश्रजस्तो मान्छे भााग्छ ?,’उनले प्रश्न गरे ।