|  

आगामी चुनावमा उठ्ने कुलमानको संकेत !

२२ चैत्र, काठमाडौं । कुलमान घिसिङले आगामी चुनावमा उठ्ने संकेत दिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा पत्रकारको जवाफ दिँदै घिसिङले यस्तो संकेत गरेका हुन् । बिहीबार मात्रै सर्वोच्च अदालतले आफ्नो रिटमा अन्तरिम आदेश नदिएर हितेन्द्रदेव शाक्यलाई नै निरन्तरता दिने निर्णय गरेपछि कुलमानले पत्रकार सम्मेलन गरेका हुन् ।

‘म एउटा जिम्मेबार नागरिक हो, अब म कर्मचारी रहिनँ, सदैव देशको हित र समृद्धिका लागि जुनसुकै जिम्मेवारी लिन तयार छु’, उनले भने ।२०७९ को चुनावमा पनि उनलाई नेकपा माओवादी केन्द्रले काठमाडौंमा टिकट दिन चाहेको थियो । त्यसबेला उनले प्राधिकरण छाडेर माओवादीबाट चुनाव नउठ्ने अडान लिएका थिए ।