२२ चैत, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आफू आन्दोनमै रहेको बताएका छन् ।
आज सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका बखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन् । प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ । उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएको समेत बताए । उनले संविधानमा भएका असहमतिहरुलाई जनमत लिएर हटाउन मिल्ने प्रावधान हुँदाहुँदै शत्रुतापूर्ण तरिकाले अराजकत गतिविधि भइरहेको बताए । उनले आन्दोलन प्रदर्शनका नाममा प्रणाली सिध्याउने र शत्रुतापूर्ण आन्दोलनप्रति सरकार चनाखो हुनुपर्ने समेत बताए । उनले तीनकुने घट्नाले लोकतन्त्रण र गणतन्त्र सुरक्षित नगरेको संकेत गरेको उल्लेख गर्दै सबैले चनाखो हुनुपर्ने टिप्पणी गरे ।
नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले तीनकुने प्रदर्शनमा सरकारले आवयक विवेक नपु¥याउँदा क्षति भएको बताए । उनले प्रदर्शनको अघिल्लो दिन निर्मल निवासमा राजावादीहरुले कमाण्डर परिवर्तन गरेको भएपनि सरकारले आवश्यक तयारी नगरेको बताए । उनले बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएर जनताको भावनामाथि खेल्ने पृष्ठभुमिका अराजक मान्छेलाई कमाण्डर तोक्दा समेत सरकार चनाखो नभएको उनको आरोप छ ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले त्रिभूवन विमानस्थल नजिकैको संवेदनशील स्थलमा राजावादीहरुलाई आन्दोलन गर्न किन ठाउँ दिइएको हो ? भन्दै प्रश्न गरे । त्यस्तो संवेदनशील ठाउँमा प्रदर्शनका लागि अनुमति दिन नहुनेमा उनको जोड छ ।