|  

तीनकुने घटनामा म्याद नाघेका अश्रुग्यास प्रयोग गरेका छैनौंः आईजी थापा

२२ चैत्र, काठमाडौं ।  नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दिपक थापाले म्याद नाघेको अश्रुग्यास प्रहार नभएको बताएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्यान गुज्रिएका अश्रुग्यास प्रयोग नभएको बताएका हुन् ।

 ‘म्याद नाघेका अश्रुग्यास प्रहार भयो भन्ने सन्दर्भ कसरी आयो मलाई थाहा भएन । म्याद नाघेका प्रयोग गरेका छैनौं । म्यान नाघेका अश्रुग्यास नष्ट गर्ने गरिएको छ । हामीसँग मौज्दातमा रहेको मात्र प्रयोग गरिएको हो ।’