|  

चैत १५ को घटनाविरुद्ध सडकमा उत्रियो राप्रपा

२२ चैत्र, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा विरोध जुलुस निकालेको छ ।

चैत १५ गते भएको तीनकुने घटनाको निष्पक्ष छानबिन, पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवल शमशेर राणालगायतलाई रिहा गर्न मागसहित प्रदर्शन गरिएको हो ।

राप्रपाले सुन्धारादेखि शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो ।