२२ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच शुक्रबार अपराह्न थाइल्याण्डको बैंककमा भेटवार्ता भएको हो।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक )को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो।
तेस्रो कार्यकालका लागि ओली प्रधानमन्त्री निर्वाचित भएपछि मोदीसँगको यो दोस्रो भेट हो । यसअघि गत असोज ७ गते अमेरिकाको न्युयोर्कमा ओली–मोदी भेटवार्ता भएको थियो ।