|  

निर्देशक सुरेन्द्रको फिल्म ‘महाभोज’ को पहिलाे गीत कौडा भाकामा, गीतमा झुमे कलाकार !

२३ चैत, काठमाडौं । मोडल समेत रहेका गितकार तथा निर्देशक सुरेन्द्र दियालीको चलचित्र महाभोजको कौडा गित ‘मख्खै परे’ बजारमा आएको छ । 

गीतको भिडियोले चलचित्रका मुख्य पात्रहरूलाई मौलिक शैलीमा प्रस्तुत गरेको छ। दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत कौडा नृत्यमा रमाएका छन्। प्रशान्त सिवाकोटी र सशिका राईको स्वरमा सजिएको उक्त गितमा प्रशान्त सिवाकोटीको संगीत, देबश राइको एरेन्ज र किशोर थापाले ध्वनि सम्पादन गरेका छन् । गितको म्युजिक भिडियोमा मौसम हिमालीले कोरियोग्राफी गरेका छन । 

चलचित्र ‘महाभोज’ आगामी नयाँ बर्ष २०८२ जेष्ठ १५ गते बिहिबारबाट देशैभर प्रदर्शनमा आउँदैछ । यो चलचित्रको निर्देशन भने दिनेश राउतले गरेका छन् । चलचित्रमा आर्यन सिग्देल, दयाङ् राई , खगेन्द्र लामिछाने, अञ्जना बराईली, मालिका महत, मोहन निरौला, बसुन्धरा भुसाल, बुद्दी तामाङ, कमलमणि नेपाल , देशभक्त खनाल लगायतले अभिनय गरेका छन् ।