२३ चैत, काठमाडौं । आईटम गर्ल तथा बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदैछिन ।
आगामी जेठ ३ अर्थात मे १७ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकलाई नचाउन आउन लागेकी हुन् । वल्र्ड फिल्म्स नेटवर्क प्रा.लि.को आयोजनामा हुने कार्यक्रम शिक्षाबाट बञ्चित बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुनेछ भने मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ । मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरु प्रस्तुतिका लागि नेपाल आउनेछन ।
पूर्ण मनोरञ्जनसहितको कार्यक्रम हेर्न नेपालीसंगै सिमावर्ती क्षेत्रका भारतीय दर्शकहरुसमेत नोरालाई हेर्न आउने विश्वास आयोजक संस्थाले राखेको छ । जहाँ दर्शकहरुले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन ।