२३ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न काँडेतार लगाएको छर भन्दै टिप्पणी गरेका छन् ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा भारत भ्रमण सम्भव र असम्भव पनि हुन्छ र भन्दै प्रश्न गरेका हुन् ।
उनले भारत भ्रमण असम्भव नरहेको बताए। भारत भ्रमण के हुन्छ भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘भारत भ्रमण असम्भव कुरा हो र ? असम्भव कुरा थियो र ? त्यो त कतिपय कारणले नभ्याइराखेको स्थिति हो । कहिले के काम परेको हुन्छ त्यस्तो कुराहरुले मात्र हो । यो बाहिर जस्तो छ अवरुद्ध भो भारत भ्रमण, काँडेतार लगाएको छ र कसैले? त्यस्तो हुँदै होइन त्यो, त्यसकारण त्यसलाई ठिकै ढंगले बुझ्दा ठिकै हुन्छ।’
प्रधानमन्त्री ओलीले अहिले सगरमाथा संवादको तयारीमा व्यस्त रहेकाले भ्याउँदा यो बीचमा पनि भ्रमण हुनसक्ने धारणा राखे । ओलीले भने, ‘हामी अलिकति व्यस्तै छौं, सगरमाथा संवाद गर्दै छौं । तर, भ्याए त्योभन्दा अघि पनि सक्छ।’