२३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।
शनिबार एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै थापाले २०८० / ०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको बताएका हुन् ।
उनले अबको एक दशक आईटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने भन्नेबारे योजना बनाउने समय भएको बताए।
‘हामी अबको ८ / १० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ। कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ । त्यो पोटेन्सियल हामीसँग छ, उनले भने, ’ ।