|  

यूथ ओडिआईः नेपाल र अफगानिस्तानबीचको दोस्रो खेल आज

२४ चैत्र,काठमाडौं ।  काठमाडौंमा जारी यूथ ओडिआई शृंखला अन्तर्गत नेपाल र अफगानिस्तानको युवा टोलीबीचको दोस्रो ओडिआई खेल आज हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । पहिलो खेलमा नेपाललाई अफगानिस्तानले १३० रनको फराकिलो अन्तरले हराएको थियो । नेपाल आजको खेल जित्दै बाउन्स ब्याक गर्ने लक्ष्यमा हुनेछ ।