२४ चैत्र, काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद सूर्य थापाले न्यायालयको फैसलाविरुद्ध रुवाबासी नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पक्राउ परेको सन्दर्भप्रति लक्षित गर्दै हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा भोग्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्– ‘न्यायालयको फैसलाविरुद्ध सिङ्गो पार्टीको रुवाबासी र ल्याङल्याङ किन ? हरेक व्यक्तिले आफ्नो पौरखका दशा र दुर्दशा त भोग्नुपर्छ।’