२४ चैत्र, काठमाडौं । म्यानमारमा राहत तथा उद्धार कार्यमा संलग्न अमेरिकी विदेश सहयोग नियोग (यूएसएड)को टोलीलाई बर्खास्त गरिएको खबर प्रकाशमा आएको छ ।
यो दाबी यूएसएडका एक जना पूर्व वरिष्ठ अधिकारीले गरेका हुन् । ट्रम्प प्रशासनले संघीय सरकारको खर्च घटाउन निरन्तर ठुलो मात्रामा कर्मचारी कटौती गरिरहेको छ । यसअन्तर्गत, यूएसएडमा कार्यरत हजारौँ कर्मचारीहरूलाई बर्खास्त गरिएको थियो ।
कर्मचारीलाई हटाउने क्रम अझै पनि जारी छ ।युएसएड टोलीसँग म्यानमारमा राहत कार्यमा संलग्न तीन कर्मचारीलाई बर्खास्त गर्न आदेश दिइएको छ । ट्रम्प प्रशासनले म्यानमारलाई सहयोग गर्न ९० लाख डलर दिने वाचा गरेको छ । तर यूएसएडको बजेटमा भारी कटौती र कर्मचारी निष्कासनले एजेन्सीको राहत र उद्धार कार्यमा बाधा पुर्याइरहेको छ ।