२४ चैत्र, काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन तोलामा १९०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन नेपाली बाजरमा प्रतितोलामा १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।