|  

बानेश्वर क्याम्पसका स्ववियु सदस्य ठकुल्ला पहिलो बैठक नै नबसी उडे विदेश

२४ चैत्र, काठमाडौं । बानेश्वर क्याम्पसका निर्वाचित स्ववियु सदस्य विवेक ठकुल्ला निर्वाचित कार्यसमितिको पहिलो बैठक नै नबसी बिदेसिएका छन् ।

ठकुल्ला वैदेशिक अध्ययनका लागि हिजो (शनिबार) जापान उडेका हुन् । चैत ५ गते भएको स्ववियु निर्वाचनमा ठकुल्लाले अखिल क्रान्तिकारीको तर्फबाट १५९ मत ल्याएर स्ववियु सदस्य निर्वाचित भएका थिए ।

यद्यपि, ठकुल्लाले आफू २–३ महिनामा फर्किने गरी जापान गएको बताएका छन् ।