२४ चैत्र, काठमाडौं । आन्दोलनरत शिक्षकहरूले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् ।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालय बन्दगरी सडक आन्दोलनमा काठमाडौं आउन शिक्षकहरूलाई आह्वान गरेका छन् ।