२४ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्नेमा जोड दिएका छन् ।
आज ललितपुरमा ललितपुर म.न.पा. १६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए । उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्न सक्ने विश्वबाट आउने पर्यटकहरुले नेपालको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्नसक्ने बताए । सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरु पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए ।