२४ चैत्र, काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नांडिजलाई मातृ शोक परेको छ। आइतबार उनकी आमा किम फर्नांडिसको मृत्यु भएको हो । उनलाई पक्षघात आएपछि २४ मार्चमा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो ।
१३ दिनदेखि उनलाई आइसियुमा भर्ना गरिएको थियोज्याकलिन २६ मार्चमा गुवाहाटीमा आईपिएल समारोहमा प्रस्तुति दिने तयारीमा थिइन् । तर आमाको अचानक स्वास्थ्यमा समस्या आएपछि उनले आफ्नो प्रस्तुति रद्ध गरेकी थिइन् ।