२४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको दाबी गरेका छन ।
आज सामाजिक सञ्जालमा लेख्दै मुकुलले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको दाबी गरेका हुन् । मुकुलले नेपाली कांग्रेसले रास्वपा सभापति रवि लामिछानेलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको भए पनि अवसर नजुटेको जिकिर गरे । पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा प्रचण्डले कांग्रेससँग गठबन्धन परिवर्तन गरी एमाले-रास्वपा गठबन्धन बनाएको र रवि गृहमन्त्री बनेको उल्लेख गर्दै उनले त्यो बेला प्रतिपक्षमा बसेको कांग्रेसले रविलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको बताए ।
कांग्रेस प्रतिपक्षमा बसेपछि विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आएसँगै कांग्रेसले यस्तो प्रस्ताव गरेको मुकुलले खुलासा गरेका छन्। कांग्रेसबाट त्यसरी प्रस्ताव आएपछि रवि प्रधानमन्त्री बन्न आतुर भएको समेत लेखेका छन्।