|  

प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण ओली सरकार होः प्रचण्ड

२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका छन् ।

आज काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका हुन । उनले माओवादी पनि बेलाबेला प्रतिक्रियावादीको ट्रयापमा परेपनि मुद्दा नछोडेको जिकिर गरे ।

साथै उनले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै उनले प्रतिक्रियावादीलाई ठुलो धक्का दिनेगरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गरे ।