|  

कांग्रेसलाई ज्ञानेन्द्र शाहीकाे प्रश्नः राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो ?

२४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् ।

राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । ‘कांग्रेस कुन कित्तामा उभिने हो, कांग्रेसले क्लियर गरोस’, उनले भने, ‘देशमा राष्ट्रवादी र आतंकवादी दुई कित्ता छन् । कुन रोज्ने हो, कांग्रेसले रोजोस ।’

शाहीले कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई चुनौती पनि दिए । शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको निहुँमा झूटा मुद्दा लगाउने प्रयास भए आफूहरू चुप नबस्ने उनले चेतावनी दिए । उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे ।