२५ चैत्र, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक / दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
यी प्रदेशका हिमाली भू-भागका एक / दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।