२५ चैत्र, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गणतन्त्रको सहमति तीन जनाले गरेपछि मात्रै प्रचण्ड आएको प्रष्ट पारेका हुन् । उनले एमाले, कांग्रेस र राजाबीच गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी ‘जनयुद्ध’ छाडेर आएको जानकारी गराए।
नेपालले भने, ‘ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । थाहा छ हैन यी जम्मै गर्ने हामी तीन जना नेता हो थाहा होस् । एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछिमात्रै हुन् प्रचण्ड जी, पछि मात्रै हो। उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो।’