सोमवार २ बैशाख, २०८२  | Monday 14 April, 2025 

रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै, आजै थुनामा पठाइने

२५ चैत्र, काठमाडौं ।  रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।

सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।