२५ चैत्र, काठमाडौं । इजरायलले पछिल्लो समय गाजामा गरेको हवाई आक्रमणमा ५० जनाको ज्यान गएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मध्य गाजाका डेर अल बजा लगायत ५ गाउँका बासिन्दालाई आफ्नो स्थान छाड्न भनेका छन् ।
त्यसै स्थानबाट रकेट आक्रमण भएको भन्दै नेतनान्याहुले सो उर्दी जारी गरेका हुन् । गाजाको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म इजरायलको हवाई आक्रमणमा ५० हजार ६९५ जनाको ज्यान गइसकेको बताएको छ ।
यसै गरी एक लाख १५ हजार ३३८ जना घाइते भएको पनि जनाइएको छ।