|  

पत्रकारहरु बसेको टेन्टमा इजरायली बम आक्रमण, दुई जनाको मृत्यु

२५ चैत्र, काठमाडौं । इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

त्यस्तै इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनारमा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको बताइएको छ । यता दक्षिणी लेबनानमा दुई जना मारिएका छन् ।

यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल(बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलको आक्रमणमा कम्तीमा ५० हजार ६९५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन् ।