|  

भृकुटीमण्डपमा आमसभा गर्न राप्रपालाई प्रशासनले दिएन अनुमति, अब कहाँ हुन्छ ?

२५ चैत्र, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार बल्खुमा आमसभा गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो । राप्रपाले भने भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे थियो  । सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो ।

सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने छन् । राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको थियो।