२५ चैत्र, काठमाडौं । रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ ।
न्यायिक प्रक्रिया नपुर्याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको हो ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।
त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।