|  

तोलामा ७ सय घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

२५ चैत्र, काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघको अनुसार आज छापावाला सुन  तोलामा ७ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँमा कारोबार भइरहेको छ ।