सोमवार २ बैशाख, २०८२  | Monday 14 April, 2025 

साउदी अरेबियाले १४ देशमाथि लगायो भिसा प्रतिबन्ध, कुन–कुन देश परे ? (सूचीसहित)

२५ चैत्र, काठमाडौं । साउदी अरेबियाले भारत, पाकिस्तान र बंगलादेशसहित १४ देशमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

साउदीले उमराह भिसा, व्यापार भ्रमण भिसा र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाएको हो ।

हजमा हुने अनियन्त्रित भिड नियन्त्रण गर्न भिसामा प्रतिबन्ध लगाइएको साउदीका अधिकारीहरूले जनाएका छन् । भिसा प्रतिबन्ध आगामी जुनको मध्यसम्म जारी रहनेछ ।  

यी हुन् प्रतिबन्ध लाग्ने देशहरु
१. भारत
२. पाकिस्तान
३. बंगलादेश
४. इथियोपिया
५. अल्जेरिया
६. इन्डोनेसिया
७. इराक
८. जोर्डन
९. नाइजेरिया
१०. इजिप्ट 
११. सुडान
१२. ट्युनिसिया
१३. यमन
१४. मोरोक्को