२५ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछाने पुर्पक्षका निम्ति कारागार जाँदै गर्दा यसलाई दल बनाउने अवसरका रूपमा लिनुपर्ने टिप्पणी गरेका छन् ।
पछिल्लो समय उनले लगातार रास्वपा बनाउने धारणा सामाजिक सञ्जालमार्फत राखिरहेका छन् ।
सोमबार (चैत २५) पुनः उनले यस्तै प्रस्ताव गरेका छन् ।
‘चुनावी रणनीतिअन्तर्गत रवि दाइको नामको ब्रान्डिङमा अघि बढ्यौँ । क्लब हुँदै पार्टी बनाउनपर्ने थियो । तर, क्लबलाई पार्टी बनाउने बेला रवि दाइले मलाई निकाले, किनकि उनलाई कहिले पनि पार्टी बनाउनु नै रहेनछ, क्लबमा नै रमाउनु थियो,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘अब रवि दाइ वर्षौंका लागि ‘मामाघर’ जानुभएको छ । अब क्लबबाट पार्टी बनाउनपर्छ । रवि दाइलाई बिर्सनपर्छ ।’